‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’- ईश्वर पोखरेल



काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए ।

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनबाट पर्वका अवसरमा गाउँगाउँमा जादा राष्ट्र र जनताका लागि काम गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा छलफल गर्न आग्रह गरे ।