महावीर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार



काठमाडौँ । महावीर पुन तथा तथा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ बराबरको ‘भवन कीर्ति रत्न’ प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा नेपालकै ठूलो राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।


बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिनेछ। पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।