महाभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने

sf7df8f}F, !% ebf} . dxfcleof]u l;kmfl/; ;ldltsf] a'waf/ l;+xb/af/df a;]sf] a}7sdf cfˆgf] aofg lbg] qmddf lgnlDat k|wfgGofwLz rf]n]G› zDz]/ ha/f . tl:a/ M /Tg >]i7, /f;;


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो ।


बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । 

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते बिहान  ११ बजे पुनः बयान हुने जानकारी दिएका थिए ।