‘महापुरुष’ फिल्मको गीत ‘बेमौसमी’ सार्वजनिक



काठमाडौँ । आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् ।

गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।