भारतीय कमेडियन राजु श्रीवास्तवको निधन



मुम्बई । भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनकाे बुधबार बिहान निधन भएकाे हाे ।


उनको कमेडी शो भारतको चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।