भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार नेपाल आयल निगमलाईे नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको छ ।


नयाँ मूल्य प्राप्त भएपनि निगमले उपभोक्ता बिक्री मूल्यबारे भने कुनै निर्णय गरेको छैन । यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भए पनि निगमले बिक्री मूल्य घटाएको थिएन । नेपालमा हाल पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ रहेको छ।