भदौ २३ देखि काठमाडौँमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने



काठमाडौँ । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने जानकारी दिएको हो ।


एक्स्पोमा आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइनको प्रदर्शनी हुने बताइएको छ ।

एक सयभन्दा बढी कक्ष रहने एक्स्पोमा एक लाखले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका महासचिव अर्जुन घिमिरेले बताए । एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादन राखिने बताइएको छ ।

सङ्घले सन् २०१२ देखि हेरक बर्ष फर्निचर तथा फर्निसिङ सामग्री बृहत् मेला आयोजना गर्दै आएको छ ।