ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु, २६ जना बेपत्ता



उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। २६ जना बेपत्ता भएका छन्।

माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामुन्द्रिक तट साउदादेमा डुबेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।


सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो।

अग्निनियन्त्रकहरूले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए।