बालेन र हर्क त झिल्को मात्र हुन्, आउने चुनावमा हामी को को बढारिन्छौं भन्न सक्दिनँ : बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्लाई युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बिदाइ बैठकलाई सम्बोधन गर्दै भट्टराईले यसलाई युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा बुझ्नुपर्ने बताएका हुन् ।


उनले भने,‘युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ। बालेन–हर्कहरु झिल्को मात्र हो। तर, यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा हामी बढारिन्छौं । मलाई त आत्मविश्वास छैन। म सकेसम्म नवीकरण गर्न प्रयास गरिरहेको छु तर मलाई विश्वास छैन। युवा पुस्तालाई सम्बोधन गर्नुपर्छ।’