बाबुरामलाई बालेनको जवाफ- ‘हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि’



काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले लेखेका थिए, ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नै पर्छ ।’


त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’

काठमाडौँ महानगरले फुटपाथ व्यवसायलाई हटाए पछि फुटपाथ व्यापारीहरुले मेयर साहविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।