बाबुरामको पार्टीका पाँच जना माओवादीकातर्फबाट प्रतिनिधिसभाको बन्दसूचीमा



काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदय निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

उपमहासचिव पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ । माओवादीकातर्फबाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको छ ।


त्यसैगरी नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै नाम बुझाइएको छ । .उनले आफ्नो नाम समानुपातिक सूचीमा रहेको उनले जानकारी दिए ।