बाँके-२ बाट भौतिक पूर्वाधारमन्त्री राईको नाम सिफारिस



बाँके । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रमोद यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र प्रमोद यादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा–१ ’क’ बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा–१ ’ख’ बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ ।