फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु



फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ३८ लाख ८६ हजार ३९५ पुगेको छ । यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७०२ पुगेको छ ।

त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६१ हजार ९१० पुगेको छ । करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा सात करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।