फिलिपिन्समा कोरोनाबाट थप ३५ जनाको मृत्यु



फिलिपिन्समा आइतबारर थप २,३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका सङ्क्रमणका घटनाहरूको संख्या ३,९२०,६९३ पुगेको छ।

स्वास्थ्य विभागले सक्रिय सङ्क्रमणको सङ्ख्या २६, ४०१ पुगेको जनाएको छ । यसैगरी ३५ जनाको सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६२, ५४९ पुगेको छ।