प्रतिताेला ४ सयले बढ्याे सुनकाे मूल्य



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।


यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।