प्रतिताेला २०० ले बढ्यो सुनको मूल्य



काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतिताेला ९१ हजार १०० रुपैयाँ कायम छ ।


हिजो मंगलबार छापावाल सुन प्रतिताेला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतिताेला ९० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।