पूर्वयुवराज्ञी हिमानीद्वारा लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री वितरण



लमजुङ । पूर्वयुवराज्ञी हिमानी शाहले लमजुङका ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।