दाङ क्षेत्र नं २ बाट एमाले महासचिव पोख्रेल सिफारिस



दाङ । नेकपा(एमाले)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट शङ्कर पोख्रेललाई उम्मेदवार सिफारिस गरेको छ ।

एमाले महासचिवसमेत रहनुभएका पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री हुन् ।