थप ७४ जनामा कोरोना संक्रमण पुष्टि 



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हाे । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो ।


यस्तै पछिल्लाे २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।