थप ६३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परीक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा काराेनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३१ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित रहेका छन् ।