थप ५४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १ हजार १ सय ४४ रहेको छ ।