थप २०० जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरबाट ३५३७ नमूना परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म काराेनाबाट १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६४२ रहेकाे छ ।