थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।