टेबलटेनिसमा चीनले जित्यो तीन स्वर्ण



लाओको राजधानी भेन्टियानमा शनिबार जारी २६औँ एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिप (एजेसीसी) मा चीनले तीन स्वर्ण पदक जितेको छ ।

जुनियर ब्वाइज, जुनियर गर्ल्स र क्याडेट ब्वाइज विधा अन्तर्गत चीनले ती स्वर्ण पदक जितेको छ । २६ औं एसियाली जुनियर एण्ड क्याडेट च्याम्पियनसिप सेप्टेम्बर १ देखि ६ सम्म लाओको राजधानी भेन्टियानमा जारी छ ।


क्याडेटहरू (१५ वर्ष मुनिका) र जुनियर (१९ वर्ष मुनिका) बीचको प्रतियोगितामा टोली, एकल, युगल र मिश्रित युगल प्रतियोगिताहरू समावेश छन्।