जोनसनले गरे ट्रसलाई पूर्ण समर्थन गर्ने वाचा



बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको वाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा डाउनिङ स्ट्रिट छोडेर राजीनामा दिएका छन् ।

जोनसनको कार्यकाल ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । रानी एलिजाबेथ द्वितीयाको भेटवार्ता गर्न जादै गरेका जोनसनलाई उहनका समर्थकहरुले जयजयकार र ताली बजाएर विदाई गरेका थिए । उनले ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु’ भन्ने प्रतिज्ञा गरेका छन् ।


उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई उर्जा सङ्कट समाधान गर्नका लागि आफ्नो मतभेदलाई पन्छाउन आग्रह गर्नुभएको छ । उर्जा सङ्कट ट्रसको निकट भविष्यमा हावी हुने देखिन्छ । “यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिट बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले थप कुरा बताएका छन् ।