चोलेन्द्रलाई घेराबन्दी गर्ने नेतृत्व मैले गरेको होः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आफूले नै घेराबन्दीमा पारेको बताएका छन् । आइतबार  काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले चोलेन्द्रलाई घेराबन्दीमा पार्ने कामको नेतृत्व आफूले गरेको बताएका हुन् ।

उनले भने, ‘अस्ती चोलेन्द्र शमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर वयान दिँदा उहाँले भन्नु भयो । म घेराबन्दीमा परें । सडकको घेराबन्दीमा परे भनेर भन्न छोड्नु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो ।’


अध्यक्ष प्रचण्डले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरु बाध्य भएको भनेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढ्ने बताए । महाभियोग सिफारिस समितिमा जबराले आफूलाई सडकबाट घेराबन्दीमा पारिएका बताएका थिए । सोही बयानप्रति इंगित गर्दै प्रचण्डले त्यसको नेतृत्व आफूले गरेको बताएका हुन् ।