चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने



युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार बताएको छ।

“रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि तयारी गरिएको छ,” कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।