गोगंबुमा अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको छ । महानगरले गोंगबु बसपार्क क्षेत्रमा फुटापथ मिचेर राखिएका होर्डिङ बोड तथा अनधिकृत संरचनाहरू हटाइएको हो ।

महानगरले अवैध संरचना हटाउन पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेपछि महानगरको टोली डोजर लिएर पुगेको थियो । महानगरले यसअघि कोटेश्वर, नयाँबानेश्वर, न्युरोड, त्रिपुरेश्वरलगायतका क्षेत्रका अनधिकृत संरचना हटाएको थियो ।