गोकुल बाँस्कोटाको प्रश्न : गठबन्धनको प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?



काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले गठबन्धनको प्रधानमन्त्री को रहेछ ? भनेर प्रश्न गरेका छन् ।

एमालेले आगामी निर्वाचनको लागि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


नेता बाँस्कोटाले गठबन्धनले भावी प्रधानमन्त्रीको उम्मेदवार पनि तय गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

उनले फेशुबकमा लेखेका छन्-“गठबन्धनको प्रमको उमेदवार को रहेछ? त्यति पनि जनतालाई नभन्ने हो भने यीनीहरु जनतासंग तर्सेकै हुन।ध्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो।”