खेल्दै गाडीमुनि छिरेका १७ महिने बालकको गाडीले किच्दा मृत्यु



भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नंको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा आज मृत्यु भएको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर गम्भीर घाइते भई उपचारका लागि समिट अस्पताल लोकन्थली लगेपछि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका–३ घर भई हाल काठमाडाैँ मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।