कागेश्वरी मनोहरा नागरपालिका-७ ले अनधिकृत संरचना हटाउने



काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातले अनिधृकत रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष भिमसेन थापाले मापदण्ड विपरीत सडक अतिक्रमण गरि बनेका अस्थायी संरचनाहरू हटाउने बताएका हुन् ।

त्यस्तै व्यवस्थित बस पार्क, बस बिसौनि, रात्रिकालिन समयमा मुख्य सडक तथा भित्रि सडमामा पार्किङ्ग गरि राखिएका निजी सवारीसाधन, सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधन व्यवस्थापन गर्ने उनले बताए । उनले व्यवस्थित एवं समृद्ध वडा निर्माण अभियानमा सम्पूर्ण राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेका छन् ।


त्यस्तै आवासीय तथा व्यवसायिक भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री लामो समयसम्म अव्यवस्थित रूपमा सडकमा राखिएकोमा त्यसलाई हटाउने, मुख्य तथा सहायक सडकहरूको मध्य भागमा रहेको विद्युतीय पोल र सो पोलमा अव्यवस्थित रूपमा ईन्टरनेट तथा केबल प्रदायक संस्थाहरूद्वारा जडान गरिएका तर प्रयोगमा नआएका झोलिएका र चुडिएका तारहरूको उचित व्यवस्थापन गर्ने, व्यवसाय दर्ता नगरी तथा नविकरण नगरी अव्यवस्थित रूपमा संचालनमा आएका व्यवसायलाई कानूनी दायरामा ल्याई संचालन गर्ने उनले बताए ।