एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट सोमबार अपराह्न निर्वाचन आयोग पुगेर समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।


निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन असाेज २ र ३ गतेकाे समय दिएको छ । आज अन्तिम दिन भएकाले अन्य दलहरूले पनि बुझाउने तयारी गरिरहेका छन् ।