उद्योगमन्त्री भन्छन्, ‘बन्द उद्योग पूर्ण सञ्चालनको तयारीमा छौँ’



काठमाडाैँ । सरकारले बन्द रहेका मुलुकका औद्योगिक क्षेत्रलाई पुनःसञ्चालनका लागि आवश्यक तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न कारणले बन्द उद्योगलाई चालु आर्थिक वर्षभित्रै सञ्चालन गर्न मन्त्रालयले नीतिगत व्यवस्था गर्दै लगानीको ढाँचा तयार गरिरहेको जानकारी दिए ।

मन्त्री बडूले मन्त्रालयको नेतृत्व सम्हालेको पाँच महिनामा मन्त्रालय र मातहतबाट सम्पादन भएका मुख्य कार्यहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी क्षेत्रको साझेदारीतामा सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको बताए । गत चैत २४ गते मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


उनले भने, “औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र बन्द उद्योगलाई पुनः सञ्चालन गरिन्छ । चालु आर्थिक वर्षभित्रै यो प्रक्रियालाई कार्यान्वयनमा लैजान आवश्यक कानून, कार्यविधि, नियमावली बनाउने र लगानीको ढाँचा तयार गर्ने दिशामा मन्त्रालय अगाडि बढेको छ ।” स

रकारले निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिई उनीहरुको साझेदारीलाई प्राथमिकता दिएर मुलुकका समग्र उद्योग क्षेत्रलाई सञ्चालन गर्दै रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।