उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु



उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ । हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।


दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ । राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।