इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए



इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन् । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि यसबारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो ।

‘हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं,’ उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत भने ।


विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् ।

खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले जानकारी दिएका छन् ।