आजदेखि फूलपातीसम्म चारपाँग्रे सवारीलाई न्युरोड प्रवेशमा रोक



काठमाडौँ । व्यापारिक केन्द्रको रुपमा रहेको काठमाडौंको न्युरोडमा आजदेखी सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सुचना जारी गर्दै बडादशैको अवसरमा किनमेल गर्न आउने सर्वसाधारणको चापलाई मध्यनजर गर्दै न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी गराएको छ ।


असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।