अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु



बागलुङ । बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।


रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाइ छ ।