अमेरिकी उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौँमा



काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ट्रुडो बुधबार बिहान काठमाडौं आएकी हुन् । आफ्नो छोटो भ्रमणको क्रममा उनले दुतावासका अधिकारीहरू, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको ।


भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप छलफलहरूमा पनि सहभागी हुने कार्यक्र छ ।

यसक्रममा ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनर्स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्ने कार्यक्रम छ ।