![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काभ्रेपलाञ्चोक । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ ।
एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ ।
कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ ।
कार्यशालाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आज उद्घाटन कार्यक्रममा कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्व अझ बढेको बताए । उनले नेपालका गाउँगाउँमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए ।
यस्तै दक्षिण एशियाली टेलिकम्यूनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल गरेकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्यूनिकेशनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताए । नेपालको पहाडी भू-भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उनले जानकारी दिए ।
आचार्यका अनुसार एशियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटलाइट प्रविधि, वाइफाइ एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पु¥याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)