अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको हो ।


नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा परेको उजुरीकाे आधारमा उनलाई पक्राउ गरिएकाे हाे ।

१२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो ।