‘अन्तिम अफगान कैदी’ अफगानिस्तानलाई हस्तान्तरण



संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो बे कैँदी शिबिर (डिटेन्सन क्याम्प)बाट रिहा भएका अन्तिम अफगान कैदीलाई सोमबार अफगानिस्तानको तालिवान प्रशासनलाई हस्तान्तरण गरिएको अफगानिस्तचानको राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।

‘ग्वान्टानामो बेका अन्तिम अफगानी हाजी बशीर नुरजाईलाई रिहा गरिएको छ र उहाँलाई आज काबुल विमानस्थलमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ’, रिपोर्टमा भनिएको छ ।


क्युबाटापुमा रहेको अमेरिकी ग्वान्टानामो बे नौसैनिक शिबिरमा रहेको ग्वान्टानामो जेलमा १७ वर्षसम्म थुनिएका अन्तिम अफगानीमध्ये नुरजाई पनि एक भएको रिपोर्टमा उल्लेख छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य आक्रमणपछि कब्जामा लिएका सेनाले आतंकवादी सञ्जालसँग सहकार्य गरेको आरोपमा सयौं अफगानीलाई पक्राउ गरेका थिए र उनीहरूलाई वर्षौंसम्म ‘ग्वान्तानामो बे डिटेन्सन क्याम्प’मा राखेका थिए ।