अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार



काठमाडाैँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित चार राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी दिइन् ।


नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट दुई रेस्लर सहभागी हुनेछन् । जम्मा सात वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताको खेल भृकुटीमण्डपमा हुनेछ ।