अन्जनको ह्याट्रिकमा नेपालको शानदार जित (फाेटाे फिचर)



काठमाडौँ । स्ट्राइकर अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गरेको हो।

नेपालका लागि अन्जले पहिलो गोल १८ मिनेटमा गरेका थिए। उनले दोस्रो गोल २७ मिनेटमा र ३८ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए। अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषितसमेत भए।


खेलको ५५औं मिनेटमा बंगलादेशका लागि सजाद होसेनले सन्तावना गोल गरे। नेपालले फिफा इन्टरनेसनल विन्डोअन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो।