अछाममा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु, १२ बेपत्ता



धनगढी । लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना वेपत्ता छन् । जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएको अवस्थामा ४ वटा शव निकालिएको अछाममा प्रहरीले बताएको छ। यहाँ अन्य तीन जना वेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ७ जना वेपत्ता भएको प्रहरीले बताएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।