स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने



काठमाडौँ । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ ।

साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।


सावित्राले डेंगु संक्रमणका कारण श्रीलंकाविरुद्धको खेल गुमाउने एन्फाले जनाएको छ।

नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेता हुँदै फाइनलमा स्थान बनाउने योजनामा छ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई हराएको हो ।