सिट बाँडफाँट न्यायोचित हुन्छः संचारमन्त्री कार्की



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दल अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको बताएका छन् ।

मंगलबार  बिहान प्रेस युनियनका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको भेटमा मन्त्री कार्कीले मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको बताएका हुन् ।


उनले भने,’हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो। मुलुकलाई राजनीतिक स्थिरता र आन्तरिक एकता आवश्यकता छ। राज्य व्यवस्था ट्रयाक बाहिर गएकोले अधिनायकवादविरुद्ध गठबन्धन हामी एक ठाउँमा उभिएका छौं। अरु कसैको खिलाफमा हैन ।’

उनले मंसिर ४ गते स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेकोसमेत बताए। मन्त्री कार्कीले प्रेस स्वतन्त्रमा नेपाललाई दक्षिण एसियाकै नमुना देश बनाउने चाहना कांग्रेसको भएको बताए । सिट बाँडफाँट न्यायोचित ढंगले हुने मन्त्री कार्कीको भनाई थियो।