सरकारद्वारा संसदको कार्यकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिने संशोधन प्रस्ताव स्वीकार



काठमाडौँ । संसदको कार्यकाल मंसिर ४ गतेसम्म लम्ब्याउने निर्णयबाट सरकार पछि हटेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक फिर्ता गर्ने बताएका हुन् ।

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभामा भएको दफावार छलफलमा उठेका प्रश्नको जवाफका क्रममा मन्त्री कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा समेत कार्यकाल लम्ब्याउन नहुने पक्षमा रहेको बताए ।


उनले भने,‘प्रतिनिधिसभाको अन्योलतालाई क्लीयर गर्नको लागि पवित्र उद्देश्यका साथ ल्याइएको थियो । गठबन्धनले यो विषयमा कानून ल्याउन उपयुक्त हुँदैन भनेकाले यसमा सरकार संशोधन प्रस्ताव स्वीकार गर्ने तहमा गएको व्यहोरा जानकारी गराउँछु ।’

यसअघि सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन भएर पहिलो बैठक बसेपछि अहिलेको प्रतिनिधि सभाको कार्यकाल सकिने गरी केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो ।