सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय सभाका अध्यक्षको पत्र (पत्रसहित)



काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न र पत्राचार गरेका छन् ।

असोज ५ गते दिउँसो १ बजे बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन तिमिल्सिनाको सचिवालयकातर्फबाट संसद् सचिवालयका महासचिवलाई पत्र पठाइएका हुन् । यसअघि तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र पठाएर सभामुख लगायतका पदाधिकारीको कार्यावधिबारे चासो राखेका थिए। आयोगले भने कार्यावधि आफूले निश्चित नगर्ने जवाफ पठाएको थियो ।