लिज ट्रस बेलायतको प्रधानमन्त्री नियुक्त



कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । ट्रसलाई महारानी एलिजावेथ द्वितीयले मंगलबार प्रधानमन्त्री पदमा नियुक्त गरेको गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरेसँगै महारानीले ट्रसलाई प्रधानमन्त्रीमा नियुक्त गरकी हुन् ।


आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यसअघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै भएको छ ।

ट्रसले लामो समयसम्म चलेको दलको नेताको निर्वाचन प्रक्रियामा ऋषि सुनकलाई पराजित गरेर सोमबार दलको नेता चयन भएकी थिइन् ।