रुपन्देही-२ बाट पौडेल सर्वसम्मत सिफारिस



बुटवल । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि उपाध्यक्ष विष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका उपाध्यक्ष पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।


रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउने भन्दै विकासका योजना अगाडि बढाइरहेका पौडेलले विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् ।